दफा ४५
समितिलाई मुलतवी राख्न सक्ने नेपाल सरकारको अधिकार
(१) समितिले यस ऐनबमोजिम गर्नुपर्ने काम गर्न नसकेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बढीमा एक वर्षसम्म समितिलाई मुतलवी राख्न सक्नेछ । (२) उपदफा (१) बमोजिम समितिलाई मुलतवी राखिएमा सो समितिले यस ऐनबमोजिम गर्नुपर्ने सम्पूर्ण काम तथा कारोबार सञ्चालन गर्न नेपाल सरकारले कुनै व्यक्ति, व्यक्तिहरुको समिति वा संस्थालाई मुकरर गर्न सक्नेछ । (३) उपदफा (२) बमोजिम समितिको काम तथा कारोबार सञ्चालन गर्न मुकरर भएका व्यक्ति, व्यक्तिहरूको समिति वा संस्थाले यो ऐन र यस ऐन अन्तर्गत बनेको विनियमहरू बमोजिम गरेको सम्पूर्ण काम तथा कारोबार यस ऐनबमोजिम गठन भएको समितिले गरे सरह मान्य हुनेछ ।